Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मानवसेवा आश्रम गोरखाद्धारा चार बालबालिकाको उद्धार


2.9K
Shares

मानवसेवा आश्रम गोरखाद्धारा चार बालबालिकाको उद्धार

गोरखा,२६ जेठ : मानवसेवा आश्रम गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–४, हर्मीबाट ४ जना बालबालिकाको उद्धार गरेको छ । आर्थिक अबस्था दयनिय भएका बालबालिकाको आश्रमले हर्मीमै पुगेर उद्धार गरेको आश्रमकी जिल्ला संयोजक मुना लामाले जानकारी दिनुभयो ।

आश्रमले एकै परिवारका ३ बर्षका बालक रन्जित परियार, ६ बर्षका देव परियार, १० बर्षका सन्देश परियार र १२ बर्षर्की बालिका अनिसा परियारको बुधबार उद्धार गरेको उहाँले बताउनुभयो । आमाले ३ बर्ष अघि नै छोडेर गएको, बाबु बोल्न नसक्ने कान नसुन्ने तथा सुस्त मनस्थिती भएका कारण बालबालिकाहरुको अबस्था दयनिय बन्दै गएपछि पालनपोषणका लागि आश्रमले उद्धार गरेको हो ।

‘उहाँहरु बस्दै आएको टिनको घरमा पानी चुहिने अबस्थामा रहेको, खानका लागि कत्ति पनि अन्न थिएन, उहाँले भन्नुभयो, ‘पेट भर्नका लागि मागेर खानु हिड्नु पर्ने अबस्था रहेछ, त्यसको जानकारी आएपछि उद्धार गरिएको हो ।’ बालबालिकाहरुले पेट भर्नका लागि चोरी गर्दै हिड्ने गरेको पाइएकाले पनि उहाँहरुको भविस्य बिग्रन नदिन आश्रमले उद्धार गरेको संयोजक लामाले बताउनुभयो ।

अभिभावक बिहिन जस्तै भएपछि बालबालिकाहरु नकारात्मक क्रियाकलापमा समेत संलग्न हुन लागेको पाइएपछि स्थानीयबासीको समन्वयमा बालबालिकाहरुको उद्धार सफल भएको उहाँको भनाई छ । गाउँपालिकाका उपाध्यक्ष रिता देवकोटा र वडा नम्बर ३ का वडाध्यक्ष जगदिश्व्र ढकालको उपस्थितीमा उहाँहरुको उद्धार भएको संयोजक लामाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology