Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाकी एक महिलाको ट्रकको ठक्करबाट मृत्यु


19.7K
Shares

गोरखाकी एक महिलाको ट्रकको ठक्करबाट मृत्यु

गोरखा, २६ जेठ । गोरखाकी एक महिलाको ट्रकको ठक्करबाट मृत्यु भएको छ । पृथ्वीराज मार्ग अन्र्तगत पर्ने धुनिबेशी नगरपालिका–६, चालिसे भन्ने स्थानमा ट्रकले ठक्करबाट गोरखा जिल्ला गण्डकी गाउँपालिका ५ दरर्बुङ निवासी ४४ बर्षिया राममायाँ विकको ज्यान गएको धादिङ प्रहरीले पुष्टी गरेको हो ।

पैदल हिड्दै गरेका बेला काठमाण्डौंबाट नारायणगढ तर्फ जादै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकले बुधबार राती ९ः३० बजे ठक्कर दिएको थियो । ठक्कर दिएर गंभिर घाईते भएकी राममायाँको राजधानीको ट्रमा सेन्टरमा उपचारको क्रममा राती नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा संलग्न रहेको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology