गोरखा, २६ जेठ : गोरखाको शहीद लखन गाउँपालिकामाको बुङकोटमा आगलागीबाट एक व्यक्तिको मासु पसल जलेर पूर्ण रुपमा नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर–७, लाहुरे टोलमा मासु पसल सञ्चालन गर्दै आउनु भएका कुमार श्रेष्ठको पसल बिद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट पसल पूर्ण रुपमा जलेको र पसलमा रहेका सवै सामान नष्ट भएको स्थानीयको भनाई छ । आगलागीबाट भएको क्षतिको बिबरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।