Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिकाद्रारा विश्व वातावरण दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न


3.1K
Shares

गोरखा नगरपालिकाद्रारा विश्व वातावरण दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

गोरखा, २४ जेठ । गोरखा नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

नगरपालिकाको आयोजनामा पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जविनयापन ’ भन्ने शिर्षकमा आज भएको वक्तृत्वकला प्रतियागितामा मोर्डन अंग्रजी बोर्डिङकी जेनिशा रोका प्रथम हुनु भएको छ ।

कुल १५० अंकको मूल्यङकनमा भएको प्रतियोगितामा रोकाले १०२ अंकसहित प्रथम स्थान हाँसिल गर्न सफल हुनु भएको हो । यस्तै सरस्वती माध्यमिक विधालयकी मलिना श्रेष्ठ द्धितीय, द वल्ड क्यापिटल बोर्डिङकी कृष्टि सापकोटा तृतीय र जेनियस गोरखा बोर्डिङकी सिवानी श्रेष्ठले सान्तवना स्थान हाँसिल गर्नु भएको छ ।No description available.

 

प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने सबैलाई क्रमश ५ हजार ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको आयोजकले जनाएको छ । नगर प्रमुख कृष्ण बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न आठ विधालयहरुको सहभागिता रहेको थियो ।

No description available.

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology