Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

उत्तरी गोरखामा अस्पताल निर्माणका लागि आवश्यक पर्ने सामाग्री ढुवानीका लागि हेलिकप्टर प्रयोग


3.8K
Shares

उत्तरी गोरखामा अस्पताल निर्माणका लागि आवश्यक पर्ने सामाग्री ढुवानीका लागि हेलिकप्टर प्रयोग

गोरखा, २२ जेठ । उत्तरी गोरखामा अस्पताल निर्माणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । अस्पताल निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाग्री ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिएको हो ।

धार्चे गाउँपालिका ३ को खोर्ला बेशीमा निर्माण भईरहेको १५ शैयाको धार्चे सामुदायिक अस्पतालको निर्माणको लागि आवश्यक पर्ने निर्माण सामाग्री सिमेन्ट, बालुवा र गिटीको मिश्रण (मसला) लान सिम्रिक एयरको २ वटा हेलिकप्टर प्रयोग गरिएको हो ।

करिब ३ करोड लगानीमा निर्माण हुन लागेको अस्पताल गाउँपालिकाले ४० र छायाँ नेपाल नामक गैर सरकारी संस्थाको ६० प्रतिशत लगानीमा निर्माण हुन लागेको हो ।

सडक सञ्जालले नछा्एको उत्तरी गोरखामा हेलिकप्टर प्रयोग गरेर अस्पताल निर्माण गरिएको यो पहिलो पटक हो । ‘स्वीङ फ्लाइट्स’ प्रविधि बाट सिमेन्ट, गिट्टी र बालुवा घोलेर तयार गरिएको मिश्रण हेलिबाट बोकेर अस्पतालको भूइ तल्ला ढलान गरिएको हो । अस्पतालको भुईतला ढलान गर्न सिम्रिक एयरले ५० ट्रिप सामान ढुवानी गरेको थियो ।

एयरले सामाजिक उत्तरदायित्व अन्तरर्गत उक्त कामको लागि सहयोग गरेको जनाएको छ । अस्पताल आउँदो पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology