तनहुँ २१ जेठ । खाना पकाउने सिलिन्डर ग्यास पड्किँदा तनहुँमा शनिबार एक बालिकाको मृत्यु भएको छ । तनहुँको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्रीको ग्यास सिलिण्डर बिस्पोटमा परी मृत्यु भएको हो ।
सिलिन्डरमा अचालन आगलागी भएर बिस्पोट भएको प्रहरीको भनाई छ । बालिकाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि प्रहरीले जनाएको छ ।