गोरखा, १९ जेठ । मानव अधिकार तथा शान्ति समाजको २७ औ स्थापना दिवसको अवसरमा गोरक्षनाथ बैद्धिक गुरुकुललाई शान्ति समाज गोरखाले खाद्यान्न सहयोग गरिएको छ । शान्ति समाज गोरखाका सभापति सीताराम तिवारीको सभापतित्वमा बिहीवार गुरुकुललाई खाद्य सामग्री सहयोग गरिएको हो ।
स्थापना दिवसका अवसरमा गुरुकुलमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी चामल, दाल, तेल, नून लगायतका खाद्यान्न सामग्री सहयोग गरेको समाजका सभापति तिवारीले जानकारी दिनु भयो ।
उक्त खाद्यान्न सामग्री सभापति तिवारीले एक कार्यक्रमका बिच गुरुकुलका प्रधानाध्यापक इश्वरी प्रसाद उपाध्यायलाई हस्तान्तरण गर्नु भएको हो । गुरुकुलमा हाल ३२ जना बिद्यार्थी आवासिय सुविधा सहित बस्दै आएका छन् ।
कार्यक्रममा समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दवाडी, सचिव गोमा दवाडी, कोषाध्यक्ष सावित्री श्रेष्ठ, कार्यसमिति सदस्य शरद बाबु श्रेष्ठ, आजीवन सदस्य कमला लामिछाने लगायतको उपस्थिती रहेको थियो ।