Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका स्थानीय तहलाई केन्द्रबाट ४ अर्ब ५५ करोड बजेट(कुन पालिकालाई कति हेर्नुहोस)


12.2K
Shares

गोरखाका स्थानीय तहलाई केन्द्रबाट ४ अर्ब ५५ करोड बजेट(कुन पालिकालाई कति हेर्नुहोस)

गोरखा, १७ जेठ  ः गोरखा जिल्लाका ११ स्थानीय तहलाई संघिय सरकारबाट ४ अर्ब ५५ करोड ६ लाख रुपैया बजेट बिनियोजना भएको छ । जिल्लामा रहेका २ नगरपालिका र ९ गाउँपालिकालाई केन्द्र सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि बजेट पठाएको हो । केन्द्र सरकारले जिल्लामा सवै भन्दा धेरै गोरखा नगरपालिकालाई ६३ करोड ६ लाख रुपैया बजेट पठाएको छ ।

त्यस्तै पालुङटार नगरपालिकालाई कुल ५७ करोड ६७ लाख बजेट आगामी आर्थिक बर्षका लागि बिनियोजन गरेको नगरप्रमुख बिबस चिन्तनले जानकारी दिनुभयो । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र १ अर्ब २० करोड ६९ लाख रुपैया बजेट बिनियोजन गरेको हो । त्यस्तै जिल्लाका ९ पालिका मध्ये सवैभन्दा धेरै सिरानचोक गाउँपालिकाले ४५ करोड ८७ लाख समपुरक बजेट प्राप्त गरेको छ ।

त्यस बाहेक अजिरकोट गाउँपालिकालाई आगामी बर्षका लागि ३० करोड २४ लाख, आरुघाट गाउँपालिकाले ४० करोड ४८ लाख रुपैया बजेट प्राप्त गरको छ । जिल्लाको गण्डकी गाउँपालिकाले रु ४५ करोड केन्द्रबाट समपुरक बजेट प्राप्त गरेको छ । जिल्लाको सबैभन्दा बिकट गाउँपालिकाको रुपमा रहेको चुमनव्री गाउँपालिकालाई सवैभन्दा कम १९ करोड ८२ लाख विनियोजन भएको हो ।

त्यस्तै धार्चे गाउँपालिकाले रु २७ करोड ७४ लाख, भिमसेन थापा गाउँपालिकाले रु ३९ करोड १५ लाख रुपैयाँ प्राप्त गरेको छ भने बारपाक गाँउपालिकालाई ४० करोड ३० लाख रुपैयाँ छुट्याइएको छ । जिल्ला ९ गाउँपालिकालाई मात्र केन्द्र सरकारले आगामी आर्थिक बर्षका लागि समपुरक बजेट अन्र्तगत कुल ३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँ बिनियोजन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology