Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा करेन्ट लागेर एक पुरुषको मृत्यु


10.8K
Shares

गोरखामा करेन्ट लागेर एक पुरुषको मृत्यु

गोरखा, १६ जेठ । गोरखामा करेन्ट लागेर १ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा शहिदलखन गाउँपालिका ४ ताक्लुङका ५० वर्षीय शेरबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आलेले घरमा विजुली नआएको भनि घर नजिकै रहेको विजुलीको पोलमा चढी तार तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

घटनाका बिषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology