Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका फोटो पत्रकार श्रेष्ठद्रारा मकालु हिमालको सफल आरोहण


3.8K
Shares

गोरखाका फोटो पत्रकार श्रेष्ठद्रारा मकालु हिमालको सफल आरोहण

गोरखा, १४ जेठ । हिमाल आरोही गोरखाका फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संखुवासभामा अवस्थित मकालु हिमालको सफल आरोहण गरेसँगै नयाँ कीर्तिमान कायम गर्नुभएको छ । श्रेष्ठले शुक्रबार बिहान करिब १०ः.५० बजे मकालु हिमालको सातौं सफल आरोहणसँगै नेपालतर्फबाट आरोहण गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनी कीर्तिमान कायम गर्नु भएको हो ।

नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण, धवलागिरी र चोयु भए पनि चोयु हिमाल भने तिब्बततिरबाट मात्र चढिन्छ ।

८,४८५ मिटर अग्लो मकालु विश्वको पाँचौं अग्लो हिमाल हो । जुन नेपाल र चीन तिब्बतको स्वायत्त क्षेत्रको सीमामा रहेको सर्वोच्च शिखर सगरमाथाबाट १९ किलोमिटर दक्षिणपूर्वमा अवस्थित महालङ्गुर हिमशृंखलामा पर्छ ।

आठ हजार मिटर अग्लो हिमालमध्ये एक मकालु पृथक चारकुने पिरामिड आकारको छ । मकालु हिमालको शिखरमा पाइला टेकेसँगै एकै सिजनमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल आरोहण गर्नु भएका श्रेष्ठ फोटो पत्रकार क्लबद्रारा सम्मानित हुनु भएको छ । उहाँको आरोहणलाई फोटो पत्रकार संघले सम्पूर्ण नेपाली महिला, फोटो पत्रकारिता जगत तथा फोटो पत्रकारको लागि गौरवपूर्ण क्षण भएको जनाएको छ ।

गोरखा आरुघाटकी श्रेष्ठले यसअघि सगरमाथा (८,८४८.८६ मिटर), धवलागिरी (८,१६७ मिटर), ल्होत्से (८,५१६ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), मनास्लु (८,०१६ मिटर), अन्नपूर्ण (८,०९१ मिटर) आरोहण गरिसकेकी छन् । एक दशकदेखि फोटो पत्रकरितामा सक्रिय पूर्णिमा हाल कारोबार राष्टिूय आर्थिक दैनिकमा कार्यरत हुनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology