Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको ठिगुरेश्वारमा स्कुटर र मोटर साइकल एक आपसमा ठोकिदाँ दुई जना घाइते


7.1K
Shares

गोरखाको ठिगुरेश्वारमा स्कुटर र मोटर साइकल एक आपसमा ठोकिदाँ दुई जना घाइते

गोरखा, १२ जेठ । गोरखा नगरपालिका ९  ठिगुरेश्वारामा स्कुटर र मोटर साइकल एक आपसमा ठाोकिदाँ दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार लक्ष्मीबजारबाट गोरखा बजार तर्फ आउदै गरेको बा. ५७ प ४०८६ नम्बरको मोटर साइकल र गोरखा बजारबाट लक्ष्मीबजार तर्फ जादै गरेको ग. २२ प ८००१ नम्बरको स्कुटर ठिगुरेश्वाराको प्रतिक्षालय मोड दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गोरखा नगरपालिका ९ लक्ष्मीबजार निवासी १६ बर्षिया आदेश आलेको हात भाँचिएको छ भने शहिद लखन गाउँपालिका ५ को छापथोक निवासी २२ बर्षिय प्रताप थापाको खुट्टा भाँचिएको हो ।

दुर्घटना दिउँसो ५ः४४ बजे भएको भएको हो । घाईते दुबैको गोरखा अस्पतालमा उपचार भई रहेको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology