गोरखा, १२ जेठ । गोरखा नगरपालिकाले नगरको सबै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा धानको विउ वितरण गर्ने भएको छ ।
नगरपालिकाले २०७८/०७९ को नियमित कार्यक्रमअनुसार धान खेतीमा सुधार ल्याउन र उत्पादन बढाउन नगरपालिका भित्रका धान खेती गर्दै आएका कृषकहरुलाई विउ वितरण गर्न लागेको हो ।
धान खेती गर्ने कृषकहरुलाई आत्मनिर्भर बनाउन सावित्री धान र राम धानको उन्नत बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताउनु भयो ।
आवश्यक कागजात पेश गरेर प्रक्रिया पूरा गरेपछि सम्बन्धित वडाबाट धानको विउ वितरण हुने उहाँले जानकारी दिनु भयो। यसका लागि धान खेती गर्ने जग्गाको जग्गाधनीले प्रमाणपूर्जाको प्रतिलिपी सम्बन्धित वडालाई बुझाउन पनि उहाँले आग्रह गर्नु भएको छ । नगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै यसको जानकारी गराएको हो ।
हर्नेुहोस् नगरपालिकाको सूचना:
