Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आरुघाटका १८ जना स्वस्थ्य स्वयंसेविकालाई १० दिने आधारभूत तालिम


2.9K
Shares

आरुघाटका १८ जना स्वस्थ्य स्वयंसेविकालाई १० दिने आधारभूत तालिम

गोरखा, १२ जेठ । गोरखाको आरुघाट गाउँपालिकाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा सामुदायिक स्वस्थ्य स्वयंसेविकाहरुका लागि १० दिने आधारभूत तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा बुधबारबाट तालिम सुरु भएको हो ।
एक कार्यक्रमका बिच पालिका अध्यक्ष राजु गुरुङ र उपाध्यक्ष कल्पना नेपालीले सयुक्त रुपमा तालिमको उद्घाटन गर्नु भएको थियो ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सो अवधिमा स्वस्थ्य सम्बन्धी आधारभूत सीप सिकाईने पालिकाका हेल्थ असिस्टेन्स प्रबिन थापाले बताउनु भयो। पालिका भित्रका १० वटै वडाका १८ जना सहभागी रहेको तालिमलाई स्वास्थ्य शाखाका सहसंयोजक सुनिता अधिकारीले सहजीकरण गर्नु भएको छ ।

कार्यक्रममा स्वथ्य क्षेत्रमा निरन्तर खटिएका स्वयंसेविकाहरुको सेवा बढाउदै लैजानका लागी साथै उनीहरु मध्ये पनि उत्कृष्ट काम गर्नेलाई कार्यसम्पादन र मूल्यांकनका आधारमा पुरस्कृत गर्ने अध्यक्ष गुरुङले जानकारी दिनु भयो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology