गोरखा, ६ जेठ : गोरखाको चुमनुब्री गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बिजयी भएको छ । गएराती सम्पन्न मतणनामा माओबादी केन्द्रका गाउँपालिका अध्यक्षका उमेद्वार निमा लामाले नेपाली काग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै बिजयी हुनुभएको हो । लामाले कुल खसेको मतको १ हजार ६ सय २४ मत प्राप्त छ।
काग्रेसका गुरुङले १ हजार ३ सय ११ मत प्राप्त गर्नुभएको उहाँले बताउनुभयो । लामाले गुरुङले भन्दा ३ सय १३ बढी मत प्राप्त गर्नुभएको हो । गएको २०७४ सालको स्थानीय तहको निर्वाचनमा भने गुरुङसंग लामा पराजित हुनुभएको थियो । गोरखा जिल्लामा ११ स्थानीय तहमा माओबादी केन्द्रले ९ वटामा जित हासिल गरेको छ भने काग्रेसले २ वटा स्थानीय तह जितेको छ ।