गोरखा, २२ वैशाख । गोरखा नगरपालिका १० वीरेन्चोकमा टाक्सीको ठक्करबाट एक बालिका घाइते भएको छ ।
बिहिबार दिउँसो करीब साढे ४ बजे गोरखाबाट आबुखैरेनी जादै गरेको ट्याक्सीको ठक्करबाट पाँचबर्षीया समृद्धि श्रेष्ठ घाईते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रेमप्रसाद पोख्ररेलले जानकारी दिनु भयो ।
घाइते बालिकालाई गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि चितवन रिफर गरिएको पोख्ररेलले बताउनु भयो। ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।