Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आज बिहान आगलागीबाट दुईवटा पसल जलेर नष्ट, लाखौको क्षति भएको अनुमान


14.2K
Shares

गोरखामा आज बिहान आगलागीबाट दुईवटा पसल जलेर नष्ट, लाखौको क्षति भएको अनुमान

गोरखा,१६ बैशाख  । गोरखामा आज बिहान भएको आगलागीबाट २ वटा पसलमा पूर्ण रुपमा क्षति पुगेको छ । पालुङटार नगरपालिकाको वडा नम्बर–५, स्थित ठाँटी पोखरीमा शम्भुलाल परियार सञ्चालन गर्दै आउनु भएको सन्देश टेर्लसमा बिहान अन्दाजी ४ः३० बजेदेखि एक्कासी सुरु भएको आगलागी फैलिएर संगै रहेको दुई वटा हार्डवयर पसलमा क्षती पुगेको स्थानीयबासी दिनेश नेपालीले जानकारी दिनुभयो ।

परियारको टेलर्सबाट सुरु भएको आगलागी सोही घरमा रहेको सुरज श्रेष्ठले सञ्चालन गर्दै आउनु भएको शास्किय सेनेटरी सप्लार्यससम्म फैलिएर दुवै पसलमा पूर्ण रुपमा क्षती पुगेको उहाँले बताउनुभयो । स्थानीय भद्र गिरीको व्यापरिक प्रयोजनका लागि बनाइएको दुई तले ट्रस्टको भवनको माथिल्लो तलामा रहेको टेलर्समा बिद्युत सट भएर आगलागी सुरु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

आगलागीबाट नजिकै रहेको ज्ञानेन्द्र श्रेष्ठको घर र उहाँले सञ्चालन गर्दै आउनु भएको हार्डवयर पसलमा पनि सामन्य क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट टेलरिङ्गमा रहेको सम्पूर्ण कपडा, सिलाई मेसिन लगायतका सामग्री जलेर नष्ट भएको छ भने हार्डवयर पसलमा रहेका अधिकांस सामानमा क्षति पुगेको उहाँले बताउनुभयो ।

आगो झण्डै २ घण्टापछि बिहान ६ बजे प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिन सफल भएको नेपालीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । आगलागीबाट लाखौ रुपैयाको क्षति भएको पिडितले बताएका छन् । क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology