गोरखा, १४ वैशाख । गोरखा नगरपालिका वडा नम्बर १ ताप्ले छापथोकस्थित एक घरमा आगलागी भएको छ ।
प्राप्त जानकारी अनुसार विद्युत सर्ट भएर स्थानीय खुमल भट्टको घर पुर्ण रुपमा नष्ट भएको एक स्थानियले जानकारी दिएका छन् । आगलागीबाट मानविय क्षती भने भएको छैन ।
मानविय क्षती नभए पनि आगलागीमा परेर घर भित्र रहेको नगद, सुन तथा चाँदीका गरगहना तथा अन्नपात नष्ट भएको छ । आगलागीबाट के कती क्षती भएको विवरण भने प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।