गोरखा, ११ वैशाख । गोरखामा पाँच दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना, नेपाल पत्रकार महासंघ गोरखा शाखाको समन्वय तथा कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा वैशाख ७ गतेदेखी सञ्चालन भएको पाँच दिने पत्रकारिता तालिम आज सम्पन्न भएको हो ।
तालिमको पहिलो र दोस्रो दिन नागरिक दैनिक पोखराका वरिष्ठ पत्रकार सन्तोष पोखरेलले सहजिकरण गर्नु भएको थियो । यस्तै तेस्रो र चौथो दिन सेतोपार्टीका प्रमुख भिडियो इडिटर मनोज सत्यालले सहजिकरण गर्नु भएको थियो । तालिममा जिल्लाका क्रियाशिल तथा वरिष्ठ पत्रकार र द्रव्यशाह बहुमुखी क्याम्पसमा अध्यानरत छात्राहरु गरी ४० जना भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो । तालिमको बारेमा प्रतिक्रिया दिने क्रममा सहभागि एक छात्राले पाँच दिने तालिम सिपमूलक र प्रभावकारी भएकोले आगामी दिनहरुमा पनि यस्तै तालिमको अवसर सिर्जना होस् भन्ने अपेक्ष राखेको बताएका छन् ।
पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति नेपाल पत्रकार महासघं गण्डकी प्रदेशका सचिव कैलाश बाबु श्रेष्ठ, गण्डकी प्रदेश कोषाध्यक्ष राजेन्द्र न्यौपाने लगायतले मन्तब्य राख्नु भएको थियो ।