Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको चुमनुब्रीस्थित सामागाउँको धर्मशालामा एक विदेशी पर्यटक मृत फेला


3.7K
Shares

गोरखाको चुमनुब्रीस्थित सामागाउँको धर्मशालामा एक विदेशी पर्यटक मृत फेला

गोरखा, १० वैशाख । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं १ सामागाउँको धर्मशालामा एक विदेशी पर्यटक मृत भेटिएका छन् ।

पासपोर्ट नं नं.M08212336 का दक्षिण कोरियाका ६४ बर्षका डङ्की जंग धर्मशाला स्थित लार्के होटलमा आज दिउँसो १ बजे मृत भेटिएको गोरखा जिल्ला प्रहरी नायब उपरिक्षक (डिएसपी) लिलाराज लामिछानेले बताउनुभयो । चिसोका कारण जंगको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको डिएसपी लामिछानेको भनाई छ ।

स्यालोम र्याफ्टिङ ट्रेकिङ कम्पनी काठमाण्डौं मार्फत लार्के पासको लागि मनास्लु पदमार्ग हुँदै धर्मशाला पुगेका जंगको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय आरुघाट गोरखाबाट प्रहरी अधिकृत समेतको टोली घटनास्थलमा खटिई मृतकको मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी शव पोष्टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगंज, काठमाण्डौ पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरी कार्यालयबाट गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology