गोरखा, ९ वैशाख । भुकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बैशाख १२ गते सार्वजनीक बिदा दिएको छ ।
२०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर महा भुकम्प गएको थियो । जसको नाम गोरखा भुकम्प राखिएको थियो । सोही भुकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा सार्वजनीक बिदा दिन लागेको प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आचार्यले जानकारी दिनु भयो ।
त्यस दिन गाउँपालिका भित्रका सबै कार्यालय, बित्तिय संस्था, विद्यालय बन्द रहने छन् । गाउँपालिकाले आज शुक्रवार एक सुचना जारी गर्दै उक्त दिन बिदा दिने निर्णय गरेको हो । महा भुकम्पमा परी बारपाकका ७२ जनाले ज्यान गुमाएका थिए भने अधिकांश घर तथा भौतिक संरचना ध्वस्त बनेका थिए ।
