Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा स्कुटर दुर्घटनामा परी घाइते युवकको मृत्यु


15.8K
Shares

गोरखामा स्कुटर दुर्घटनामा परी घाइते युवकको मृत्यु

गोरखा, ९ वैशाख । गोरखामा  स्कुटर दुर्घटनामा परी घाइते एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका ८ रानिबनका १९ बर्षिय मनिष अधिकारी रहेका छन् ।

बुधबार साँझ ६ बजे गोरखा नगरपालिका ८, आहालेमा रहेको सशस्त्र क्याम्प नजिकैको खोल्सीमा सदरमुकामबाट कोखे आहाले तर्फ जादै गरेको प्रदेश ३–०२–०१० प ४९७९ नम्बरको भेस्पा स्कुटर अनियन्त्रीत भएर दुर्घटना हुदाँ अधिकारी गंभिर घाईते भएका थिए । घाइतेको तत्काल उद्रार गरी उपचारका लागी गोरखा अस्पताल पठाएको थियो ।

गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि चितवन लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । त्यहाँ पनि उपचार हुन नसकेपछी राजधानी रिफर गरिएकोमा उपचारको क्रममा गए राति अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी संगै सोही स्कुटरमा सवार गोरखा नगरपालिका ४ बस्ने १८ वर्षको विवेक थापा भने सामान्य उपचार पछि घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology