Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

नर्सलाई करणीको प्रयास गर्ने गोरखा घर भएका स्वास्थ्यकर्मी बिरबहादुर श्रेष्ठ पक्राउ


21.1K
Shares

नर्सलाई करणीको प्रयास गर्ने गोरखा घर भएका स्वास्थ्यकर्मी बिरबहादुर श्रेष्ठ पक्राउ

मनाङ, ५ बैशाख । गोरखा घर भएका एक जना स्वास्थ्यकर्मीले मनाङ जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्सलाइ जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । जिल्ला अस्पताल चामेमा कार्यरत एक स्टाफ नर्सलाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा श्रेष्ठलाई मनाङ प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक प्रेससागर केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार श्रेष्ठले उक्त स्टाफ नर्सलाई शनिबार राती खोपको बारेमा छलफल गर्न भनेर ढाकेर उक्त कार्य गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो । स्वास्थ्य कार्यालय मनाङमा परिवार नियोजन सुपरभाइजर निरीक्षक रहेका श्रेष्ठलाई शनिबार राती नै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मनाङले जानकारी दिएको छ ।

श्रेष्ठलाई जबरजस्ती करणी मुद्वामा जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरि पुरपक्षको लागि राखिएको र थप अनुसन्धान सुरु गरीएको प्रनाउ केसिले जानकारी दिनुभयो । पिडित पक्षले आफुफाई बोलायर जवरजस्ति गर्ने प्रयस गरे पछि भागेर साथिहरुलाई खवर गरेको र साथिहरु मार्फत प्रहरीमा खवर गरेका थिए । श्रेष्ठलाई शनिवार राति १ः०० वजे नै प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology