Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा महिलाको गहना लुटपाट गर्ने ३ जना पक्राउ


6.9K
Shares

गोरखामा महिलाको गहना लुटपाट गर्ने ३ जना पक्राउ

गोरखा, ५ बैशाख । सिधासाधा नागरिकलाई पहेलो रङको धातु देखाई झुक्याएर ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गोरखा सदरमुकामको ध्याम्पेसाल बसपार्क क्षेत्रबाट शकांस्पद गतिबिधि गरीरहेको बेला संखुवासभाको चिचिला गाउँपालिका वडा नम्बर .१ र्का ५२ बर्षका जुर्ण बहादुर गुरुङ, जिल्ला बारा जितपुरसिमरा उपमहानगर पालिका ९ की ४४ बर्षकी जुना तामाङ र सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका वडा नम्बर १ का ४१ बर्षका गान्दिप कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

महिलाहरुलाई फलामको टुक्रामा सुनको जस्तो देखिने पहेलो रंग लगाई बाटोमा सुन फेला परेको जस्तो भान पारी झुक्याई, फकाई फुलाई निजहरुसंग रहेको सुनका गर–गहनाहरु तथा नगद रुपैया समेत ठगी गर्ने जस्ता उनिहरुको संलग्नता रहेको प्रहरीको भनाई छ । शकास्पद गतिबिधिमा गरिरहेका बेला सादा पोशाकमा एक टोली गठन गरी गोप्य रुपमा परिचालन गर्ने क्रममा उनिहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

घटनाबाट पिडित ५ जना मार्फत ठगी कसूर मुद्दामा जाहेरी दरखास्त लिई उनिहरु बिरुद्ध ठगी कसूर शीर्षकमा मुद्दा दर्ता गरि सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाहरुको साथबाट ८ तोल ६५ लाल बराबरको सुन, मोवाइल र ३१ हजार रुपैया नगद समेत बरामत गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology