काठमाण्डौं ३, बैशाख । पल शाह समिक्षा प्रकरण नयाँ ट्विस्टको सम्भावना देखिएको छ । जिल्ला अदालत तनहुँमा भएको बयानका क्रममा नाबालिग गायिकाले अदालतमा बयान फेरेको स्रोतले जनाएको छ । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।
अदालतमा बयानका क्रममा उनले आफुले उक्साहटमा परेर जाहेरी दिन पुगेको दावी गरेकी हुन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ । नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको छ । ‘होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दैछिन् ।
प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन्, बालिकाको पक्षबाट मुद्धा हेरिरहेका एक कानुन व्यवसायीले भने । यस अघि भने उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् ।