Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

मोटरसाइकल दुर्घटनामा परी चार महिने बालिकाको मृत्यु


2.3K
Shares

मोटरसाइकल दुर्घटनामा परी चार महिने बालिकाको मृत्यु

काठमाडौं, २९ चैत ।  मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा चार महिने बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचखाल नगरपालिका— १ की लोसाङ डोल्मा तामाङ रहनु भएको छ ।

घाइते बालिकालाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको हो । प्रदेश— ०२— ०२१प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान साढे ४ बजे साँगाबाट जगातीतर्फ आउँदै गर्दा आफैं अनियन्त्रित भएर दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दुर्घटनामा बालिकाका बुवा २२ वर्षीय बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता तामाङ पनि घाइते हुनु भएका थिए। तर उहाँहरु भने
उपचारपछि घर फर्कि सक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology