गोरखा, ४ चैत । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ र ८ स्थित महिला स्वास्थ्य स्वयमसेविकालाई मोवाइल प्रदान गरिएको छ । वडा कार्यालय मार्फत चालु आर्थिक बर्षको कार्यक्रम अन्तरगत दुई वटै वडामा रहेका ९ जना महिला स्वास्य स्वयमसेविकालाई मोवाइल बितरण गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
‘कार्यक्रम अन्तरगत वडा नम्बर ७ मा ४ जना महिला स्वास्थ्य स्वयसेविका र वडा नम्बर ८ मा ५ जना महिला स्वास्थ्य स्वयमसेविकालाई मोवाइल बितरण गरेका छ, उहाँले भन्नुभयो, ‘कार्यालय प्रयोजनका लागि समेत दुवै वडामा एक/एक थान मोवाइल बितरण गरिएको छ ।’
वडा नम्बर ७ को कुल १ लाख र वडा नम्बर ८ को रु १ लाख २० हजार रुपैया अन्तरगत एकएक थान मोवाइल बितरण गरेको हो । वडा कार्यालयले गर्भवती र सुत्केरी महिलाहरु भेट गरी उनिहरुको स्वास्थ्य अबस्थाको जानकारी माथिल्लो निकायमा सन्देश पठाउनको लागी प्रयोग गर्ने जनाइएको छ ।
त्यस्तै कार्यक्रमले स्वास्थ्य स्वयमसेविकाहरुलाई काम गर्न सहज र हौषला मिल्ने बताइएको छ । गाउँपालिकाले दुवै वडामा स्वयमसेविका र सुत्केरी महिलालाई प्रोत्साहन भत्ता, ल्याब सेवा, भिडियो एक्सरे सेवा, एम्बुलेन्स सेवा, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र अपाङगता भएका क र ख बर्गमा परेका व्यक्तिहरुलाई गोरखा अस्पतालसम्म जानको लागी निःशुल्क एम्बुलेस सेवा, लगायतका सेवा उपलब्ध गराउदै आएको छ ।