Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मसेलमा माओबादी निकट अनेमसंघ क्रान्तिकारी र दलित रास्ट्रिय मुक्तिमोर्चाको प्रशिक्षण सम्पन


4.7K
Shares

मसेलमा माओबादी निकट अनेमसंघ क्रान्तिकारी र दलित रास्ट्रिय मुक्तिमोर्चाको प्रशिक्षण सम्पन

गोरखा १, चैत । नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेलमा अखिल नेपाल महिला संघ क्रान्तिकारी र नेपाल दलित रास्ट्रिय मुक्तिमोर्चाको वडा स्तरीय बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन भएको छ । भेलामा वडा भित्रका  सवै प्रतिनिधिहरुको सहभागिता रहेको गाउँपार्टी समितिका अध्यक्ष बिनोद पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरुलाई आसन्न स्थानीय तहको निर्वाचनमा संघ र मेर्चाले खेल्नुपर्ने भूमिका लगायतको बिषयमा प्रशिक्षण प्रदान गरिएको उहाँले बताउनुभयो । बैठकले वडा भित्रका सवै टोलमा संघ र मेर्चा गठन गर्ने निर्णय समेत गरेको छ ।

संयुक्त प्रशिक्षण कार्यक्रम नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समितिका सल्लाहकार गोपाल बराइली, गाउँपार्टी समितिका अध्यक्ष बिनोद पाण्डे, उपाध्यक्ष मालती भट्ट, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बाबुराम नेपाली, वडा पार्टी अध्यक्ष बालकृष्ण सुनार लगायतको सहभागिता रहेको थियो ।

यसै बिच सोही अबसरमा स्थानीयबासी क्यान्सर पिडित गणेश बरामको उपचारका लागि वडा पार्टीको पहलमा संकलित २४ हजार ७७५ रुपैया हस्तारण गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology