गोरखा २५, फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बिकासका योजनाहरु तिव्र रुपमा अघि बढ्दै आएको छ । स्थानीय तहको निर्वाचनपछि बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले पालिकाको बिकासका लागि आफ्नो पालिकाबाट मात्र नभएर प्रदेश र केन्द्र सरकारलाई झकझक्याउने काममा कहिल्यै पछि पर्नुभएन ।
जनताको बिकासको चाहानालाई केन्द्रमा राखेर अघि बढ्नु भएका पालिका अध्यक्ष भट्टले गाउँपालिकाको बिकासको द्धवार मानिएको ताकुकोट हुडीखोला–सौरपानी–बारपाक कालोपत्रेको योजना पार्न सफल हुनुभएको छ । उक्त सडक खण्ड कालो पत्रेका लागि पटक पटक केन्द्रीय सरकार, प्रदेश सरकार र जननिर्वाचित सांसदहरुलाई दवाव दिदै आउनु भएका उहाँको सपना अन्तत् सार्थक बनेको छ ।
अध्यक्ष भट्टको पहलपछि ताकुकोट- हुँडिखोला-सौरपानी-बारपाक सडकखण्ड कालोपत्रे निश्चित भएको छ । नेपाल सरकार भौतिक पूवाधार तथा यातायात व्यवस्था मन्त्रालयले उक्त सडक खण्ड कालो पत्रे गर्नका लागि बुधबार टेन्डर आवहन गरेपछि अब सडक कालोपत्रे हुनेमा आफु ढुक्क रहेको अध्यक्ष भट्टको भनाई छ ।
‘यो सडक खण्ड निर्माण भएपछि गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने ताकुमाँझ लाकुरीबोट बाहेकका सवै वडा कालोपत्रे सडकले छुन्छ, उहाँले भन्नुभयो, लामो प्रयास र पहलपछि सवैको सहयोगमा काम हुने निश्चित भएको छ ।’ मन्त्रालय अन्र्तगत एघार किलो भालुस्वाँरा सडक आयोजनाले ठेक्का सम्झौताका लागि टेण्डर आवहा्न गरेको हो ।
उहाँले यस अघि ध्याम्पेसालदेखि गाउँपालिकाको केन्द्र ताकुकोटसम्मको सडकखण्डमा प्रदेश सरकारले ठेक्का लगाएर सडक कालोपत्रेको काम गरिरहेको जानकारी दिनुभयो ।भट्ट नेकपा माओबादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।