भक्तपुुर २४, फागुन । घाँटी रेटिएको अबस्थामा एक महिलाको शव भेटिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ बागरेस्थित खेतको टहरामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अबस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान हुन बाँकी रहेको छ ।
अन्दाजी ३५ देखि ४० बर्ष उमेरको देखिने महिलाको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिनुभयो । ‘महिलाको शव जस्ताले बारेको मान्छे नबस्ने टहरामा घाँटी रेटिएको अवस्थामा भेटिएको उहाँले बताउनुभयो ।