गोरखा १७, फागुन । गोरखा अस्पताल बिकास समितिमा नयाँ व्यवस्थापन समिति चयन भएको छ । गण्डकी प्रदेश मन्त्रिस्तरीय निर्णयबाट अस्पताल बिकास समितिको अध्यक्ष लालप्रसाद श्रेष्ठलाई चयन गरेको हो । त्स्तै बिकास समितिको सदस्यमा अमृत बि.क, शोभा लामिछाने, श्रवणकुमार जोशी , पूर्णमाया वन्त, र पुष्पा श्रेष्ठलाई चयन गरिएको जनाइएको छ ।
समितिको कार्यकाल ३ बर्षको रहने छ । नव गठित समितिका अध्यक्ष श्रेष्ठले अस्पताल भित्र रहेका समस्याहरुको पहिचानका लागि दिर्घकालिन रुपमा नागरिकहरुलाई चुस्तदुरुस्त स्वास्थ्य उपचारको सेवा उपलब्ध गराउने आफ्नो पहिलो प्राथामिकता हुने बताउनुभयो । ‘भौतिक संरचन एकदम राम्रो बनेको छ, अब बिरामीले राम्रो सेवा पाउनु पर्यो, उहाँले भन्नुभयो, त्यसका लागि म पहल कदमी लिन्छु ।’
अध्यक्ष श्रेष्ठले अस्पतालमा राम्रा चिकित्सकहरु आउने तर अड्न नसक्नु पनि एउटा प्रमुख समस्या रहेको भन्दै त्यसको समाधानका लागि सवै पक्षसंग छलफल गरेर स्थायी समाधानका लागि पहल गर्ने बताउनुभयो । अस्पताल बिकास समितिको नयाँ व्यवस्थापनका लागि गएको कात्तिक अघि नै सिफारिस गरिएको थियो ।