मोरङ १३, फागुन । बस्त्र विहीन अबस्थामा खाल्डो गाडिएको अबस्थामा एक बालिकाको शव भेटिएको छ । मोरङको लेटाङ नगरपालिका–८, लालहिरा सामुदायिक वनमा गाडेको अवस्थामा एक बालिकाको शव फेला परेको हो ।
बुधवारदेखि हराएकी लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो भित्र वस्त्रविहीन अवस्थामा भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिनुभयो । जाँते माध्यामिक बिधालयमा कक्षा ६ अध्ययनरत बालिका पढेर घर फर्कने क्रममा बेपत्ता हुनुभएको थियो ।
प्रहरीले शव उत्खनन गरेर पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको बलात्कार पछि हत्या गरेर पुरिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।