Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखा बजारमा घर धनीको आँखा अगाडी स्कुटी चोरेपछि…


9.2K
Shares

गोरखा बजारमा घर धनीको आँखा अगाडी स्कुटी चोरेपछि…

गोरखा, ५ फागुन । गोरखा बजारमा घर धनीको आँखा अगाडी स्कुटी चोरी भएको छ । गोरखा सदरमुकामबाट स्कुटर चोरी गर्ने युवक पक्राउ परेका छन् । चोरी गर्ने ब्यत्ति गोरखा नगरपालिका ६ सतिपिपलका शिव तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तामाङ बिहीबार दिउसो ५:१५ बजेको समयमा गोरखा नगरपालिका ६ को आरुघाट जाने बाटो तर्फ रहेको शिवशक्ती सप्लायर्समा काम गर्ने लेखा कर्मचारी सर्मिला रानाको ग। २० प २१११ नम्बरको स्कुटर उहाँकै अगाडी चोरी गरेर भागेको थिए ।

काम सकेर घर जान लागेकी रानाको स्कुटर एक्कासी उनले लिएर भागे पछि स्थानियको सहयोगमा उनलाई पेट्रोल पम्प क्षेत्रमा रहेको होण्डा सोरुमबाट नियन्त्रणमा लिईएको थियो । काम सकेर घर जान निस्केको त आफ्नै अगाडी ति ब्यत्तिले स्कुटर लिएर भागे पछि सबै संग हार गुहार गरेर खोजी गर्दा होण्डा सोरुममा लगेर साँचो बनाउदै गरेको अवस्थामा फेला पारेको स्कुटर धनी सर्मिला रानाले बताउनुभयो ।

स्कुटर धनी र स्थानियको सहयोगमा समातिएका तामाङलाई तत्कालै प्रहरीमा बुझाईएको स्थानिय सरोज पोखरेलले जानकारी दिनुभयो । ति बहिनीले आफ्नो स्कुटर चोरी भएको भने पछि हामीले खोजी गर्दा उनलाई मोटर साईकल सोरुममा फेला पारी नियन्त्रणमा लिएर प्रहरीमा बुझाईएको पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology