Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

एधार बर्ष अघि अपहरण गरी हत्या गरेको आरोपमा फरार भएका युवक गोरखाबाट पक्राउ


11.2K
Shares

एधार बर्ष अघि अपहरण गरी हत्या गरेको आरोपमा फरार भएका युवक गोरखाबाट पक्राउ

गोरखा २२ माघ । एधार बर्ष एक युवकको अपहरण गरी हत्या गरेर फरार भएका एक युवकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्लामा युवक अपरहरण गरेर हत्या गरी फरार रहेका युवकलाई गोरखा प्रहरीले पक्राउ गर्न सफल भएको हो । लामो सयम भारतमा बसेका उनी गोरखामा रहेको मामा घरमा आएका बेला प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

बि.स २०६७ माघ ३ गते जिल्ला बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा १ बस्ने बर्ष २१ बर्षका हिमाल बुढालाई अपहरण गरी साबिक जिल्ला बाँके नौबस्ता ४ मा लगी हत्या गर्ने सौभाग्य मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

बुढााको अपहरणपछि हत्या गरेर हालसम्म फरार रहेका जिल्ला बाँके साबिक नेपालगञ्ज उप महानगरपालिका १३ हाल वडा नं. १० स्थायी घर भएका मल्ल गोरखा सदरमुकाममा लुकिछिपी बस्दै आएको सूचनाको आधारमा मल्ललाई गोरखा प्रहरीले शुक्रबार पक्राउ गरेको डिएसपी दाहालले बताउनुभयो ।

मल्ललाई माघ २१ गते अर्थात शुक्रबार गोरखा नगरपालिका ६ को पाटेचौरबाट पक्राउ गरिएको उहाँको भनाई छ । मल्ललाई शनिबार जिल्ला प्रहरी कार्यालय बाँकेसंग समन्वय गरी आवश्यक न्यायिक प्रक्रियाको लागि बाँके प्रहरीको टोलीलाई जिम्मा लगाई पठाईएको गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology