गोरखा २१, माघ । गोरखाको फिनाममा एक जना महिलाको शव फेला परेको छ । गोरखा नगरपालिका ४ फिनाम पन्तेस्वारा घर भएकी ६० बर्षिया ठुली खनखवासको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बिहीबार साँझ ७ः०० बजेदेखी घरबाट अचानक हराएकी ति महिला छिमेकी कृष्ण कुवरको बारीमा मतावस्थामा आज दिउसो २ः० बजे फेला परेको प्रहरीको भनाई छ ।
घटनास्थलमा कोखे आहाले र जिल्ला प्रहरी कार्यालयको गोरखाको प्रहरी टोली पुगी आबश्यक मुचुल्क तयार पारी महिलाको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।
घटनाको बारेमा आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।