Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु


1.8K
Shares

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

लम्जुङ २० माघ । ट्याक्टर दुर्घटनामा परी ४३ बर्षका एक पुरुषेको मृत्यु भएको छ । लम्जुङको राइनास नगरपालिका ६, सिम्लेखोलामा ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ४३ वर्षीय अमृत चिलुवाल रहेका छन् । चिलुवालको घटनास्थलमै मृत्यु भएको हो । इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्बरको ट्याक्टर बुधबार दिउँसो साढे ३ बजेतिर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार र्दुघटनामा परी घाइते भएका सहयोगी राइनास नगरपालिका ६ निवासी गोपाल परियार स्थानीइ स्वास्थ्य संस्थामा उपचार गरी घर फर्किसकेका छन् । अगाडिबाट आइरहेको सवारी साधनलाई साइड दिने क्रममा ट्याक्टर सडकबाट करिब १६२० मिटर तल सिम्लेखोलामा खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं इन्सपेक्टर जगदिश रेग्मीले जानकारी दिनुभयो ।

ट्याक्टर चालक दीपक परिवारलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढिरहेको प्रहरीले जनाएको छ । मृतक चिलुवालको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology