Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

आइतबार गोरखाको कुन पालिकामा कति संक्रमित (यो हेर्नुहोस)


3.4K
Shares

आइतबार गोरखाको कुन पालिकामा कति संक्रमित (यो हेर्नुहोस)

गोरखा १७, माघ । गोरखाको विभिन्न स्थानिय तहमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा थप २४ जनामा संक्रमण पुष्टी भएको छ । कार्यालयका अनुसार ५ स्थानिय तहमा ४९ जनामा गरिएको परिक्षणका क्रममा २४ जनामा संक्रमण देखिएको हो । आइतबार संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा ४ जना महिला र ३ जना पुरुष गरी ७ जना, पालुङटार नगरपालिकामा १ जना महिला र ४ जना पुरुष गरी ५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै गरी, आरुघाट गाउँपालिकामा ३ जना महिला र ५ जना पुरुष गरी ८ जना तथा भीमसेन थापा र अजिरकोट गाउँपालिकमा १ र ३ जना पुरुष गरी ४ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ । कार्यालयले आज सार्वजनिक गरेको कोरोना विवरण अनुसार २३ जना महिला र २६ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा ८ जना महिला र १६ जना पुरुष संक्रमित भएका छन् ।

यो संगै जिल्लाको ११ वटै स्थानिय तहमा २१० जना सक्रिय संक्रमित रहेको छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको संक्रमण देर ४८।९७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology