Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आगो ताप्ने क्रममा एक बालिकाको ज्यान गयो


12.6K
Shares

गोरखामा आगो ताप्ने क्रममा एक बालिकाको ज्यान गयो

गोरखा ३ माघ । सिरानचोक गाउँपालिका ६ को चिलाउनेमा आगो ताप्ने क्रममा आज बिहान ११ बर्षिया बालिकाको ज्यान गएको छ । गोरखा नगरपालिका २ को कोखे आहालेमा फुपु दिदी संग बस्दै आएकी ११ बर्षिया बालिका समिना परियारको मामा घरको गोठमा आगो ताप्ने क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालका अनुसार माघे संक्रान्ति मनाउन मामा घर गएका थिए । मंगलबार बिहान हजुर बुवा र हजुर आमालाई चिया खुवाएर नजिकै रहेको गोठमा आगो ताप्ने क्रममा ढिला समयसम्म पनि नआए पछि गोठमा गएर हेर्दा श्वास लिन गारो भएको अवस्थामा फेला परेको थियो ।

बालिकालाई गाँखुको स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागी गोरखा अस्पताल ल्याएकोमा गोरखा अस्पतालका चिकित्सकहरुले मृत्त घोषित गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।

बिहान १० बजे घटेको घटना लगत्तै प्रहरीले बालिकालाई उद्वार गरी स्वास्थ्य चौकी ल्याएको र प्रहरीकै सहायतामा गोरखा अस्पतालमा ल्याईएको थियो ।

गोठ अत्यन्तै साघु रहेको र धुवाका कारण निसास्सीएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसाधानले देखिएको सूचना अधिकारी दाहालले जानकारी दिनुभयो।

मृत्तक बालिकाको बुवा रोजगारीको सिलशिलामा बिदेशमा रहेको र आमा केही बर्ष अगाडी नै घर छाडेर गएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology