Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा एक बृद्धालाई गम्भीर ठक्कर दिएर सवारी साधन बेपत्ता


6.2K
Shares

गोरखामा एक बृद्धालाई गम्भीर ठक्कर दिएर सवारी साधन बेपत्ता

गोरखा १, माघ । गोरखा सदरमुकामको ठिगुरेश्वारमा साँझ पख अपरिचित सवारीले ठक्कर दिदाँ एक बृद्व गम्भिर घाईते हुनुभएको छ। दैनिक ज्यालादारी गर्ने स्थानिय कैले सार्कीलाई कुन सवारीले ठक्कर दिएको हो भन्ने बारेमा अहिलेसम्म पत्ता नलागेको गोरखा प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका ९ को दल भञ्ज्याङ निवासी अन्दाजी ७३ बर्षिय सार्कीलाई काम गरेर फर्कने क्रममा ठक्कर दिदा उहाँको देब्रे खुट्टा कामै नलाग्ने गरी भाँचीएको स्थानिय अमित खत्रीले जानकारी दिनुभयो ।

शुक्रबार साँझ ६:३० बजे भएको उत्त दुर्घटना लगत्तै उहाँको बेहोस अवस्थामा गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी भरतपुर पठाईएको गोरखा अस्पतालले जानकारी दिएको छ ।

यता गोरखा प्रहरीका प्रमुख प्रहरी उपरिक्षक शेखर खनालका अनुसार घाईते सार्कीले अत्याधिक मदिरा सेवन गरेकाले के कती कारणले घटना भएको भन्न गारो भएको जानकारी दिनुभयो । पनि घटनाको जानकारी प्राप्त भए लगत्तै सबै प्रहरी युनिटलाई घटनाको बिषयमा जानकारी गराएकोले दुर्घटनामा सवारी साधन संलग्न भए चाढै नै पक्राउ पर्ने बताउनुभयो ।

प्रहरीले गोरखा बजारको सिसी टिभी फुटेजको पनि अध्ययन गरी रहेको गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology