गोरखा, २३ पुष । गोरखाको धार्चे गाउँपालिका वडा नं ३ स्थित खोर्लाबेशीमा एक जनाको घर र गोठमा आगलागी भएको छ ।
स्थानीयले दिएको जानकारी अनुसार आज विहान ५ बजे सन्त बहादुर गुरुङको घरमा आगोलागी हुदा घर र घरसँगै रहेको गोठ जलेर नष्ट भएको हो । आगोालागीबाट हाल सम्म कति क्षति भयो भनेर वितवरण आइनसकेको बताइएको छ ।
आगोलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । हाल नेपाली सेनाको टोलीले घटनास्थलमा पुगेर आगो निभाउनुका साथै उद्धार कार्यमा खटिएको बताइएको छ ।