Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मोटरसाइकल दुर्घटनामा परि धादिङकी युवतीको मृत्यु, गोरखाका युवक घाइते


5.4K
Shares

मोटरसाइकल दुर्घटनामा परि धादिङकी युवतीको मृत्यु, गोरखाका युवक घाइते

 काठमाडौं, २२ पुस। काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार युवतीको मृत्यु भएको छ । चालक भने घाइते भएका छन् ।

स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल आज बिहान पौने २ बजे अनियन्त्रित भइ सडक डिभाइडरमा ठोक्किएको थियो ।

सो दुर्घटनामा धादिङ घर भई काठमाडौंको नैकाप बस्दै आएकी २७ वर्षीया सोफिया श्रेष्ठको मृत्यु भएको हो । उनको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology