Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको दुई पालीकाको एक–एक स्थानमा मतदान केन्द्र थप


3.8K
Shares

गोरखाको दुई पालीकाको एक–एक स्थानमा मतदान केन्द्र थप

गोरखा, १६ पौष। आसन्न निर्वाचनको लागी गोरखाको २ स्थानिय तहमा मतदान केन्द्र थप गरिएको छ । जिल्लाको धार्चे र गण्डकी गाउँपालिकामा १–१ स्थानमा मतदान केन्द्र थप गरिएको हो ।

धार्चेको शिव आधारभुत विद्यालय र गण्डकी गाउँपालिकाको पशुपति प्रजा आधारभुत बिद्यालयमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

मतदान केन्द्र थप्ने वा घटाउने भन्ने अधिकारी निर्वाचन आयोगलाई मात्र भएकोले जिल्लामा ३ स्थानमा मतदान केन्द्र थप गर्न सिफारीस गरिएको भएता पनि गोरखा नगरपालिका ३ को पढेनी चौताराको मतदान केन्द्रको भने निर्णय अहिले सम्म नभएको जिल्ला निर्वाचन अधिकृत टेकबहादुर कोइरालाले जानकारी दिए ।

जिल्लामा रहेको राजनैतिक दलको मागको आधारमा गरिएको सिफारीसमा गोरखा सदरमुकामको मतदान केन्द्रको भने निर्णय नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology