सिराह, ४ पुस । दुई समुह बिच चक्कु हानाहान हुँदा एक युवकको ज्यान गएको छ । सिरहाको गोलबजार नगरपालिका–६ मा गएराति दुई समूहबीच चक्कु हानाहानमा भएको हो ।
घटनामा परी गोलबजार – ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कुले लागेर गम्भीर घाइते उनलाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ स्थित आरके मेरिसिटी अस्पताल लगिए पनि तत्कालै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान तथा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।