Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

श्रीमतीको हत्या गर्ने थापा पक्राउ


4.2K
Shares

श्रीमतीको हत्या गर्ने थापा पक्राउ

स्याङजा ३, पुस । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ भिरकोट नगरपालिका ६ फोक्सिङ का ५० वर्षीय डबलवहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै ४५ वर्षीया श्रीमती कोपीला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले डबलबहादुरलाई फक्राउ गरेको जनाएको हो ।

डबल बहादुरले कुटपिट गर्दा कोपीला गम्भीर घाइते भएको भन्ने स्थानियले प्रहरीलाई खबर गरे लगत्तै घटना स्थल पुगेको प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले घाइते कोपीलालाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रहरीले डबलबहादुृरलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ जनाएको छ । श्रीमतीलाई के कति कारणले कुटपिट गरेको भन्ने बारे प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology