गोरखा २९, मङ्सिर । गोरखा प्रहरीले बिभिन्न मुद्धामा फरार ५ जना प्रतिबादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि बुझाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले बुहविवाह मुद्दामा फरार भएका पालुङटार नगरपालिका वडा नम्बर ४ घर भएका जीवन बसेल, सवारी ज्यान मुद्दामा कैद सजाय पाएका शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अमित नेपालीलाई पक्राउ गरी जिल्ला अदालत मार्फत कारागार चलान गरिएको प्रहरीले जनाएको जनाएको छ ।
अदालतले बसेललाई ११ महिना ८ दिन जेल सजायको फैसला गरेको थियो भने नेपालीलाई ५ महिना ४ दिन कैद सजाएको फैसला गरेको थियो । त्यस्तै सवारी ज्यान मुद्धामा कैद सजाय पाएका गोरखा नगरपालिका वडा नम्बर ४ का सकुबुल मिया र गण्डकी गाउँपालिका वडा नम्बर २ का होमबहादुर थापा मगरलाई पनि प्रहरीले पक्राउ गरि मंगलबार कैद सजाय भुक्तानीका लागी अदालत मार्फत कारागार चलान गरेको हो ।
चोरीको घटनामा संलग्न भइ कैद सजाय पाएका गोरखा नगरपालिका वडा नम्बर १२ का दिपक कुमाललाई पनि प्रहरीले पक्राउ गरि कारागार पठाएको डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो । फैसला कार्यान्वयन गर्ने अभियान अन्र्तगत प्रहरीले जिल्ला अदातल तथा अन्य न्यायिक तथा अर्ध न्यायिक निर्णयले गरेका फैसला कार्यान्वयनका लागि बिभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना तोकि फरार भएकाहरुको खोजी कार्य तिव्र पार्दै आएको छ ।