Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा करेन्ट लागेर एक युवकको ज्यान गयो


13.2K
Shares

गोरखामा करेन्ट लागेर एक युवकको ज्यान गयो

गोरखा २८, मङ्सिर : गोरखामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका वडा नं. २ ताङलीचोक साँधीखोलाका २८ वर्षीय टिकाराम थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घरनजिकै रहेको विद्युत मेन लाइनमा तारमा छुन पुग्दा थापालार्य करेन्ट लागेको प्रहरी नायव उपरीक्षक (डिएसपीं प्रकाश दाहालले जानकारी दिनुभयो । ‘घ्याप्रिङ गाउँ स्थित ठाकुर गुरुङको घरमा फलामको रेलिङ हाल्न गएको रहेछ , उहाँले भन्नुभयो,‘ डण्डी मिलाउदै गर्दा घर नजिकै रहेको विद्युतको मेन लाइनको तारमा छुन पुगी करेन्ट लागेर गम्भीर घाईते भए ।’

थापालाई तत्काल उद्धार गरी गोरखा अस्पताल ल्याएको थियो । तर अस्पताल सम्म ल्याउदा चिकित्सकले थापालाई मृत्य घोषण गरेको उहाँले जानकारी दिनुभयो । लाश पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology