Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ५० करोडको लगानीमा सुबिधा सम्पन्न होटल सञ्चालन


5.5K
Shares

गोरखामा ५० करोडको लगानीमा सुबिधा सम्पन्न होटल सञ्चालन

गोरखा, २४, मङ्सिर:  गोरखामा करिब ५० करोड रुपैयाको लागतमा सुबिधा सम्पन्न होटल सञ्चालनमा आएको छ । सदरमुकाम स्थित गोरखा नगरपालिका–६, अर्घलेमा सुविधा सम्पन्न होटल गोरखा गार्डेन सञ्चालनमा ल्याइएको हो । तिनतारे स्तरको सुबिधा भएको उक्त होटलमा गोरखा र चितवनका व्यवसायीहरुको संयुक्त लगानीमा रहेको होटल सञ्चालक समितिका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिनुभयो ।

कुल १५ रोपनी क्षेत्रफलमा फैलिएको होटल गोरखा गार्डेन जिल्लाकै पहिलो सुविधा सम्पन्न र स्तरीय होटल हो । होटलमा सेमिनार तथा कार्यक्रमहरु आयोजना गर्न लागि सुबिधा सम्पन्न ४ वटा हल समेत निर्माण गरिएको उहाँले बताउनुभयो । ‘होटल भित्र निर्माण गरिएका सेमिनार हलको नाम गोरखकाली हल, मनकामना हल, लिगलिग हल र गोरखानाथ हल नाम दिइएको छ, अध्यक्ष पौडेलले भन्नुभयो, जिल्लाको पर्यटकिय क्षेत्रको प्रर्बद्धनका लागि समेत टेवा पु¥याउने उद्देस्यले हलको नाम समेत पर्यटकिय स्थलको नामबाट नामाकरण गरिएको हो ।’

त्यस्तै होटलमा सुबिधासम्म ४६ वटा स्तरीय कोठाहरु निर्माण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । ‘हामीले ग्राहकको सुविधालाई ध्यानमा राखेर २ वटा स्विट रुम, १० वटा सुपर डिलक्स ३४ वटा डिलक्स रुम सञ्चालनमा ल्याएका छौ’ उहाँले भन्नुभयो, ‘ग्राहककै सुविधाका लागी होटलको छैठौं तलामा बच्चा र बयस्कहरुका लागि सबिधा सम्पन्न पौडी पोखरी समेत निर्माण गरिएको छ ।’

होटलमा बस्न आउनेहरुले स्वादिष्ट, तथा स्थानीय उत्पादन भएका अर्गानिक तथा उच्च गुणस्तर एवं स्वस्थ्यकर खाना खान पाउने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलको भनाई छ । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल निर्माण गरिएको सञ्चालक समितिका सदस्य केशव देवकोटाले जानकारी दिनुभयो । अहिले आंशिक रुपमा सञ्चालनमा आएको र यही पौष महिना भित्रमा होटल पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँको भनाई छ ।

होटलमा एकैपटकमा ६ सय जनासम्मको सहभागिताका कार्यक्रम समेत गर्न सकिने सञ्चालक देवकोटाले बताउनुभयो । होटलमा सवै गरी कुल १ सय १५ बेड क्षमता रहेको उहाँले जानकारी दिनुभयो । झण्डै ८० जनाको लगानी रहेको होटलमा चितवनका ६० व्यवसायीको ६० प्रतिसत र गोरखाका व्यवसायीको ६० प्रतिसत लगानी रहेको सञ्चालक बद्रीबहादुर मास्केले जानकारी दिनुभयो । होटल सञ्चालनमा आएसंगै आउदो असार मसान्तसम्म ग्राहकहरुको आर्कषणका लागि होटलले २५ प्रतिसत छुटको व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology