Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बसको ठक्करबाट अखिल क्रान्तिकारी पालुङटार नगरपालिका संयोजक देवकोटाको मृत्यु


30K
Shares

बसको ठक्करबाट अखिल क्रान्तिकारी पालुङटार नगरपालिका संयोजक देवकोटाको मृत्यु

गोरखा ७, मंसिर । माओबादी केन्द्र निकट अखिल क्रान्तिक्रारी पालुङटारका संयोजक सुर्वण देवकोटाको आज दुर्घटनामा परि निधन भएको छ । तनहुँको डुम्रे बेसीशहर सडक खण्डमा बसले देवकोटा सवार स्कुटीलाई ठक्कर दिदा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पालुङटार नगरपालिकाको–४ निवासी २४ वर्षिय विद्यार्थी नेता देवकोटाको बाईसजग्गारबाट डुम्रे जाँदै दुर्घटनामा पर्नुभएको हो । बाइसजग्गारमा ना ६ ख ९१३४ नम्बरको यात्रु वसले र सोही दिशाबाट यात्रा गरिहेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।

दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारी साधन र वसका चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology