काठमाण्डौं ७, मंसिर । सवारीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–४, रमवापुरमा सवारीसाधनको ठक्करबाट दुईजनाको मृत्यु भएको हो। सुनवल नगरपालिका–१० का २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टीकानाथ कुँवरको मृत्यु भएको हो ।
गए राति करिब साढे १२ बजे नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा राति साढे १ बजे मृत्यु भएको जनाइएको छ । दुर्घटनापश्चात् सवारीसाधनसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।