बुटवल ६,मंसिर । शौचालय जाने क्रममा लडेर वडाध्यक्षको आज दिउँसो वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लडेर गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिए पनि मृत्युु भएको प्रहरीको भनाई छ ।
अचेत अवस्थामा अस्पताल पुर्याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले जानकारी दिनभुयो । उहाँको शव बुटवल गोलपार्कस्थित निवासमा राखिएको थियो ।