Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा ताप्लेका ७० बर्षका एक व्यक्ति १० दिनदेखि बेपत्ता : खोजीका लागि परिवारको अपिल


57.4K
Shares

गोरखा ताप्लेका ७० बर्षका एक व्यक्ति १० दिनदेखि बेपत्ता : खोजीका लागि परिवारको अपिल

गोरखा १, मंसिर । गोरखा नगरपालिका वडा नम्बर १ ताप्ले एक बृद्धा १० दिनदेखि घर छोडेर बेपत्ता हुनुभएको छ । स्थानीयबासी ७० बर्षका नारायणदत्त न्यौपाने यही कात्तिक २२ गतेदेखि घर छोडेर बेपत्ता हुनुभएको उहाँका आफ्न्त राजन लामिछानेले जानकारी दिनुभयो ।

अन्दाजी ५ फिट ५ इन्च उचाइ भएका न्यौपाने सेतो धर्के सट, हाफ स्विटर कालो पाइन्ट, ढाका टोपी र जुत्ता लगाएर अबस्थामा रहेकाले कहीँ कतै देख्नु हुने महानुभावले नजिकको प्रहरी चौकी वा परिवारलाई खबर गरिदिन उहाँले अपिल गर्नुभयो । बृद्धको मानसिक अबस्थामा समेत सामान्य समस्या रहेको परिवारको भनाई छ ।

अन्तिम पटक उहाँलाई भीमसेन थापा गाउँपालिकाको अश्राड्बाट बोर्लाड तर्फ जाँदै गरेको अबस्थामा देखेको जानकारी आएको समेत लामिछानेले जानकारी दिनुभयो । कहीँ कतै फेला पार्नु भएमा मोवाई नम्बर ९८१८६८८५०३, ९८४३२९४०००, ९८४१०७०४२४, ९८४१५६१८५९ मा सम्र्पक गरिदिनुहुन समेत परिवारले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology